अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 10:59

पर्यटन प्रवर्द्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौं : पर्यटनमन्त्री किराँती

बिआरटीनेपाल २०८० माघ ३ गते ५:३२ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरु गरेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।मन्त्री किराँतीले नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएको बताउनुभयो । उहाँले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताउनुभयो । उहाँले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गर्नुभयो ।

मन्त्री किराँतीले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताउनुभयो । उहाँले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताउनुभयो । मन्त्री किराँतीले ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू