अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 12:47

अलैँचीको मूल्यमा वृद्धि

बिआरटीनेपाल २०८० पुष २२ गते ६:५७ मा प्रकाशित

अलैँचीको मूल्यमा वृद्धि भएपछि इलामका कृषक खुशी भएका छन् । गत वर्षभन्दा झण्डै तीन गुणा बढी मूल्यमा अलैँची बिक्री हुन थालेपछि  कृषक खुशी भएका हुन् । गत वर्ष यो मौसममा अलैँचीको मूल्य प्रतिमन २८ हजार रुपैयाँ थियो, भने अहिले राम्रो अलैँची प्रतिमन ८५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायी बताउँछन् ।अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको तर कृषक तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष अलैँचीको मूल्य बढेको उनीहरु बताउँछन् । रोगले सखाप बन्दै गएको अलैँचीलाई कृषकले आधुनिक खेती प्रणाली अपनाएर पुरानै अवस्थामा फर्काउने प्रयास गरिरहेका छन् ।

आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार आएको उनीहरुको भनाइ छ । अधिकांश कृषकले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले अलैँची उत्पादनमा ह्रास आएको थियो ।इलाममा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले बढी भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको बताइएको छ । गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आर्थिक वर्षमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू