अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 14:57

पुस २६ देखि १२औँ पोखरा महोत्सव, साढे दुईलाख दर्शक सहभागी हुने अपेक्षा

बिआरटीनेपाल २०८० पुष ८ गते ६:२८ मा प्रकाशित

आगामी पुस २६ देखि माघ ८ गतेसम्म १२औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । युनाइटेड क्लबले यो महोत्सवको आयोजना गर्दै आएको छ ।आइतबार पत्रकार सम्मेलनमार्फत क्लबले ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।२०६७ साल वैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आएको छ ।

पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्धनका लागि खुला चिडियाखानाको अवधारणा र सेती नदी संरक्षणमा काम गर्दै आएको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार १२औँ पोखरा महोत्सवबाट लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी निस्शुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास निर्माणका लागिसमेत रकम छुट्याइने छ ।

हालसम्म पोखरा आसपासमा रहेका १८ वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापाना एवं शैक्षिक सामग्री वितरण ग्रामीण क्षेत्रमा निस्शुल्क स्वास्थ्य शिविर सँगै दीर्घ तथा ठूला रोग लागेका गरिब तथा अशक्त व्यक्तिलाई क्लबले आर्थिक सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा दुई लाख ५० हजार दर्शक, एक करोड १७ लाख ५० हजार आम्दानी र एक करोड १७ लाख ५० हजार खर्च भई ३४ लाख २५ हजार बचत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू