अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 15:46

अब निर्धक्कसँग आर्थिक गतिविधि गरौँ : अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० पुष ३ गते ५:१९ मा प्रकाशित

अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब निर्धक्कसँग आर्थिक गतिविधि गर्न उद्याेगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको आज मङ्गलवार हेटौँडामा उद्घाटन गर्दै उहाँले अहिले आर्थिक क्षेत्र सुध्रिएकाे दाबी गर्दै ढुक्क भएर आर्थिक गतिविधि गर्न गर्नुभयाे ।अहिलेको अवस्थामा निराश हुनुपर्ने कुनै पनि कारण नभएकाे भन्दै अर्थमन्त्रीले नेपालमै लगानी गरेर काम गर्नका लागि आग्रह गर्नुभयो । अब देशमै कुनै पनि काम गर्नका लागि सहज भइसकेकाे उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा सुधार आएकाले जग्गा कारोबारमा पनि सुधार आएको छ । शेयर बजा पनि बढेको छ । पर्यटन क्षेत्रमा पनि निकै सुधार आएको छ । अब लगानी गरेर काम गर्न डराउनुपर्ने अवस्था छैन ।’

देशमा धेरै खालका समस्या भए पनि सरकारमा बसेर आफूहरूले राम्रो काम गरेको अर्थमन्त्री महतको दाबी छ । कांग्रेस मकवानपुरको सम्मेलनमा जिल्लाको दुई सङ्घीय निर्वाचन क्षेत्र, चार वटा प्रदेश, १० वटा पालिका, एक सय दुई वटा वडाबाट गरी झन्डै दुई हजार जना प्रतिनिधि उपस्थिति रहेका छन् । सम्मेलनमा जिल्लाको सङ्गठानात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनाीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रित रहेर छलफल तथा बहस हुने छ । सम्मेलनले जिल्लामा पार्टी सङ्गठन विस्तारका लागि आगामी कार्ययोजना, रणनीति र एजेन्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू