अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 19:09

शेयर बजारमा करेक्सन

बिआरटीनेपाल २०८० मंसिर २५ गते ५:२१ मा प्रकाशित

आइतबार सकारात्मक सर्किट लागेर एक घण्टा पनि नपुग्दै बन्द भएको शेयर बजारमा सोमबार भने करेक्सन आएको छ । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्रबैंकले केही लचक नीति लिएपछि आइतबार १११ अंकले बढेको नेप्से सोमबार भने १५ अंक भन्दा बढीले घटेको हो ।दिनभर निकै उतार चढावपूर्ण रहेको बजार १५ दशमवल ४० अंकले घटेपछि नेप्से १९४८ दशमलव ५७ को बिन्दुमा रहेको छ । सोमबार ३०३ कम्पनीका १ करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता शेयर ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६ रुपैयाँमा किनबेच भएको छ ।

सोमबार सोनापुर सिमेन्टको सर्वाधिक २५ करोड १५ लाखको कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख, माउन्टेन इनर्जीको १४ करोड ४० लाख र शिवम सिमेन्टको १३ करोड ७३ लाखको कारोबार भएको छ ।

सोमबार बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सोमबार समता घरेलु लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७ दशमलव १५ प्रतिशत र मन्दाकिनी हाइड्रोका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतले गुमाएका छन् । कारोबारमा आएका उपसमूह मध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेकका सबै उपसमूह घटेका छन् । घटेका मध्ये विकास बैंक उपसमुह सर्वाधिक २ प्रतिशत बढीले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू