अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 02:49

मंसिरका लागि अधिकांश वाणिज्य बैंकले घटाए निक्षेपको व्याजदर

बिआरटीनेपाल २०८० कार्तिक ३० गते ४:२४ मा प्रकाशित

अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको व्याजदर घटाएका छन् ।

बैंकहरुले कात्तिकको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको व्याजदर औसतमा शून्य दशमलव ३३ प्रतिशत र संस्थागत मुद्दतीमा शून्य दशमल ३० प्रतिशतले घटाएका हुन् ।

२० वटा वाणिज्य बैंकमध्ये १३ वटाले निक्षेपको व्याजदर घटाउँदा ६ वटा बैंकले स्थिर राखेका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ । मंसिरका लागि निक्षेपको व्याजदर बढाउने एक मात्र बैंक माछापुच्छ्रे रहेको छ ।

यो बैंकले बचत खातामा ५ दशमलव ६० देखि ८ दशमलव ६ प्रतिशत व्याज दिने भएको छ । यस्तै, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १० दशमलव ६ र संस्थागततर्फ ८ दशमलव ६ प्रतिशत ब्याज दिने छ । कात्तिकै ब्याजदरलाई मंसिरमा पनि यथावत राख्ने बैंकहरुमा नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।

मंसिरका लागि सवैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एनआईएसी एशिया रहेको छ । सो बैंकले कात्तिकमा व्यक्तिगततर्फ ११ दशमलव ००३ र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत ब्याज दिएकोमा मंसिरमा क्रमशः ८ दशमलव ९६ र संस्थागततर्फ ६ दशमलव ९६ प्रतिशतमा झारेको छ ।

एनएमबि बैंक, एभरेष्ट, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले पनि मंसीरका लागि व्याजदर घटाएका छन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई बैंक, हिमालयन र नेपाल एसबिआईले पनि मुद्धतीतर्फ व्यक्तिगत तथा संस्थागत तर्फको ब्याजदर घटाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू