अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 06:07

शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि

बिआरटीनेपाल २०८० कार्तिक १ गते ७:१४ मा प्रकाशित

शेयर बजार उच्च अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि पुगेको छ । आज बुधवार शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो ।आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको शेयर साढे दुई सय अङ्कभन्दा धेरैले बढेको छ । आज आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढ्यो । अरू तीन वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज वीपीडब्ल्यू लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

बजार उच्च अङ्कले बढेको भए पनि आज कारोबार रकम भने घटेर एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । हिजो मङ्गलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँकाे कारोबार भयाे । आज दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू