अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 07:55

बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल भएको छैन: अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० असोज १९ गते ६:४२ मा प्रकाशित

अर्थमन्त्री प्रकाशशरण महतले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रमा आएको सिथिलतालाई समाप्त पारेर गति दिन सरकार लागिरहेको बताउनुभयो। मन्त्री महतले निर्माण व्यवसायीहरुको बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने दाबी गर्नुभएको छ ।

‘निर्माण व्यवसायीको गत असारसम्मको रकम तिर्ने तयारी भएको छ,’ मन्त्री महतले भन्नुभयो, ‘बाहिर मिडियामा भनेजस्तो ठूलो रकम नभई अब ६/ ७ अर्व मात्रै बाकी छ।’ उहाँले सम्बन्धित मन्त्रालयलाई यर्थाथ विवरण पेश गर्न निर्देशन दिएको बताउनुभयो। राष्ट्रबैकले जारी गरेको मौद्रिक नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने अर्थमन्त्रीले दाबी गर्नुभयो । महतले अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू