अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 10:58

शेयर बजार ५ अङ्कले बढ्याे, १ अर्ब ७३ कराेड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८० असोज १५ गते ६:०८ मा प्रकाशित

 शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सीआईसीएल नेपाल लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि पिपुल्स हाइड्रो र मनकामना इन्जिनियरिङ हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज दुई सय ८६ वटा कम्पनीका ५७ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको दुई करोड १६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू