अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 16:29

शेयर बजार साढे १९ अङ्कले घट्यो, १ अर्ब १३ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० भदौ २६ गते ५:५७ मा प्रकाशित

हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।

आज ३९ लाख १६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू