अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२६ | Colorodo: 19:41

पर्यटन बोर्डको बजेट संशोधन नगरे पारित नहुने

बिआरटीनेपाल २०८० भदौ १४ गते ४:१८ मा प्रकाशित

नेपाल पर्यटन बोर्डको बजेट संशोधन नगरे पारित नहुने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतील बजेट सुधार नगरेसम्म पारित गर्न नसकिने बताउनुभएको छ । मन्त्री किरातीले काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा पर्यटन बोर्डको बजेट अहिलेकै अवस्थामा पास गर्न नसकिने बताउनुभएको हो ।

मन्त्री किरातीले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने उल्लेख गर्नुभयो ।  भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको उहाँको भनाई छ ।  मन्त्री किरातीले पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू