अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 15:31

सरकार र नियामक निकायको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष ढकाल

बिआरटीनेपाल २०८० भदौ १३ गते ९:४६ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ ।बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताउनुभएको हो । उहाँले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या आएको बताउनुभयो ।

अध्यक्ष ढकालले सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो । अध्यक्ष ढकालले सरकारको नीतिगत व्यवस्था, कोभिड महामारी, विश्वव्यापी समस्या र श्रीलंकाको डर देखाएर सरकारले लिएको नीतिको कारण अर्थतन्त्र अहिलको अवस्थामा आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू