अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 22:27

अलैँचीको भाउ ६ वर्षयताकै उच्च

बिआरटीनेपाल २०८० साउन १८ गते ५:२१ मा प्रकाशित

पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् ।पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्दछ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको अध्यक्ष अधिकारी भनाइ रहेको छ । भाउ बढे पनि हिउँदको समयमा पर्याप्त वर्षा नभएको र राेगका कारण केही अलैँचीका बाेट मरेपछि उत्पादन घट्ने सम्भावना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । पाँचथरमा तीन हजार चार सय  ४० हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू