अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 22:24

काठमाण्डौ–बहराइन सिधा उडानबारे नेपाल र बहराइनबीच छलफल

बिआरटीनेपाल २०७८ मंसिर २७ गते ५:४७ मा प्रकाशित

बहराइन र नेपालबीच सिधा हवाइ उडानबारे छलफल भएको छ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी बीएसीका प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफलाहबीच काठमाण्डौ–बहराइन हवाइ सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको छ ।

बिएसी भवनमा हिजो भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाण्डौ मनामाबीच सिधा हवाइ सम्पर्क स्थापना गर्ने सम्बन्धमा गहन छलफल भएको बहराइनको लागि नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा अलबिनफलाहले वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताउनुभएको पनि दूतावासले जनाएको छ ।

बहराइन नेपालीहरुको श्रम गन्तव्य देश हो । अहिलेसम्म नेपालीहरुले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर बहराइन गइरहेको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय