अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

शेयर बजारमा ८८ अंकले गिरावट

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ७:१६ मा प्रकाशित

केहि दिनयता ओरालो लागिरहेको शेयर बजारमा आइतबार पनि उच्च अंकको गिरावट आएको छ ।उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ८८ अंकले ओरालो लागेर २३ सय ६१ बिन्दुमा आएर थामियो ।

यसदिन कारोबार भएका अधिकांश समुहमा गिरावट आएसँगै बजार परिसुचक नेप्से पनि ओरालो लागेको हो ।जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ७ अंकले ओरालो लाग्दा निर्जिवन बिमा समुह ४ सय ९० अंकले ओरालो लाग्यो ।

जलविद्युत, विकास बैंक, होटल तथा पर्यटन, वित्त, उत्पादनमूलक, लघुवित्त र अन्य समूहमा दोहोरो अंकको गिरावट आयो । यसदिन १ सय ८४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ५ कम्पनीको बढ्यो । ७४ लाख ६० हजार कित्ता शेयर ३ अर्ब ८२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय