अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 21:05

कामदार भिसामा जापान पठाउने सम्झौता अलपत्र, अब नयाँ मोडलमा पठाउने तयारी

बिआरटीनेपाल २०७७ कार्तिक २४ गते ६:२९ मा प्रकाशित

कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ । विगत तीन बर्षअघि जापानका लागि कामदार भिसामा नेपाली पठाउने दुई पक्षीय सम्झौता भएको थियो । सो सम्झौता हालसम्म कार्यान्वयनमा आउन नसकेका कारण अहिले सरकार पुनःनयाँ मोडलमा पठाउने तयारीमा जुटेको छ । जसका लागि श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले हाल पुनः नयाँ मोडलमा नेपाली कामदार पठाउने विषयमा छलफल गरिरहेको छ ।

श्रम मन्त्रालयका सचिब तोयम रायले आगामी एकसाता भित्रमा कामदार पठाउने नयाँ मोडलबारे टुंगो लगाउने गरी गृहकार्य थालिएको बताउनुभयो । नयाँ मोडलअनुसार एजेन्टले जापानी कम्पनीबाट ‘डिमान्ड’ ल्याउने र प्रमाणीकरणको कामसमेत गर्नेछ । जापानस्थित दूताबासका कर्मचारीले मात्र सबै काम नभ्याउने भएकाले सहयोगीका रुपमा एजेन्ट राख्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

यस विषयमा सहमति भएमा सन् २०२० भित्रै केही नेपाली कामदार जापान जान पाउनेछन् । तर, अहिलेसम्म जापानले कति कामदार लिने भनेर यकिन तथ्यांक नदिएकै कारण जापानी भाषा परीक्षा उत्तीर्ण गरेका करिब तीनसय जना विद्यार्थी पठाउन समस्या भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय