अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 16:20

साउन महिनामा वैदेशिक व्यापारको सूचक सकारात्मक

बिआरटीनेपाल २०७७ भदौ ९ गते ७:३४ मा प्रकाशित

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ ।भन्सार विभागकाअनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ ।साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र नौ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०७६÷७७ को पहिलो महिनामा आयात एक खर्बभन्दा बढीको थियो भने निर्यात आठ अर्ब ८३ करोड रुपैयाँको भएको थियो । आयातमा आएको कमी र निर्यातमा सामान्य वृद्धिले एक महिनाको व्यापार घाटामा समेत सामान्य सुधार देखिएको छ ।विभागको तथ्यांकअनुसार एक महिनामा कुल व्यापार घाटा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ छ ।गत आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको थियो ।यो एक महिनामा व्यापार घाटा २२.१७ प्रतिशतले गिरावट देखिएको छ ।

साउनमा कुल वैदेशिक व्यापारको आकार भने ९५ अर्ब ४२ करोड ८० लाख रुपैयाँको रहेको छ । गत वर्ष साउनमा एक खर्ब १५ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यो महिनामा कुल वैदेशिक व्यापारमा १७.४२ प्रतिशतको कमी आएको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.०८ प्रतिशत र आयातको हिस्सा ८९.९२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू