अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 16:20

सरकार आन्तरिक उडान खोल्ने तयारीमा लागेको पर्यटनमन्त्री मन्त्री भट्टराईको भनाइ

बिआरटीनेपाल २०७७ भदौ ९ गते ६:५५ मा प्रकाशित

सरकारले चैत १० गतेबाट बन्द भएको आन्तरिक उडान सञ्चालनको तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन थालेपछि बन्द भएको आन्तरिक उडान सुचारु गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

चाडबाड पनि नजिकिएकाले अब सरकार आन्तरिक उडानको तयारीमा लागेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय सिंहदरबारमा आयोजित आर्थिक बर्ष २०७६÷७७ मा प्राप्त गरेका उपलब्धिहरुको प्रतिवेदन सार्वजानिकीकरण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराइले पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा उडान सञ्चालन हुने र त्यसपछि अबस्था हेरेर बिस्तारै तराईका उडानहरु समेत खोल्ने तयारी गरिएको बताउनुभयो । यद्यपि तराईका जिल्लाहरुका उडान भने तत्काल खुल्ने सम्भावना नरहेको बताउनुभयो ।

उहाँले त्यसको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको जानकारी दिनुभएको छ । मन्त्री भट्टराइले हिमाली र पहाडी क्षेत्रमा उडान खोल्ने सम्बन्धको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने जानकारी दिनुभएको छ । । सरकारले भदौ ६ गतेबाट अन्तर्राष्ट्रिय उडान नियमित उडान गर्ने निर्णय गरिसकेको छ । सरकारले प्रथामिकताका आधारमा बिदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने र हरेका दिन ५ सय जनासम्म नेपाल ल्याउने जनाएको छ ।

यसैबीच, सरकारले बिदेशमै पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा रहने प्रतिबद्धता जनाउन लगाएर सीधै घर पठाउने जनाएको छ । तर पीसीआर परीक्षणको सुविधा नभएका मुलुकहरुबाट आउने नागरिकका लागि सशुल्क काठमाडौंको होटल क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाएर परीक्षणपछि घर पठाईने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू