नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई अत्यवश्यक सेवा नरोक्न निर्देशन दिएको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको अवस्थामा स्थानीय प्रशासनको आदेश पालन गर्दै बैंक तथा वित्तीय संस्थालाई न्यूनतम बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंक वित्तीय संस्था नियमन विभागले जारी गरेको सूचनामा बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सुचित गर्नुपर्ने उल्लेख छ । एटिएम मेशिनमा पर्याप्त नगद राख्ने र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले भनेको छ । अत्यावश्यक आपूर्ति सुनिश्चितता गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।
बैंक, वित्तीय संस्थाले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो गरी न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर नगद भुक्तानी तथा जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङ लगायतका सेवा प्रदान गर्न केन्दि«य बैंकले निर्देशन दिएको छ ।
यस्तै खुल्ने शाखाको विवरण र सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वैबसाइटमा अद्यावधिक गर्न र बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्नेगरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस्न पनि केन्दि«य बैंकले निर्देशन दिएको छ ।