अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५
| Colorodo: 19:50
मंगलबार सामान्य सुधार आएको शेयर बजार बुधबार दोहोरो अंकले खुम्चिएको छ । कारोबार अर्ब नजिक पुग्दा उतारचढावबीच बजार परिसुचक नेप्से १६ अंकले ओरालो लागेर १३ सय ९१ मा आइ थामिएको छ । आज कारोबार भएका सबै समुहमा गिरावट आएसँगै नेप्से पनि ओर्लिएको हो । जीवन बिमा समुह सबैभन्दा उच्च १ सय ३६ अंकले ओर्लदा निर्जिवन बिमा समुह १ सय १३ अंकले खुम्चियो ।
वाणिज्य बैंक, विकास बैंक, व्यापार, उत्पादनमुलक र लघुवित्त समुहमा पनि दोहोरो अंकको गिरावट आएको छ । आज १ सय ८५ कम्पनीको २४ लाख ७४ हजार कित्ता शेयर ९७ करोड ६२ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।