अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 19:38

सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्यो

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:५२ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबारको तुलनामा (सोमबार) तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा कारोबार भइरहेको छ। यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू