अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 23:49

उद्योग बणिज्य महासंघको साधारणसभा हतारहतार स्थगित गरियो – उपाध्यक्ष चन्द्र ढकाल

बिआरटीनेपाल २०७७ साउन ९ गते ६:५३ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारले साधारणसभा गर्न दिन लागेको थाहा पाएर हतारहतार स्थगित गर्ने निर्णय गरिएको दाबी गर्नुभएको छ । महासंघको पदाधिकारी एवं पूर्वअध्यक्षहरूको बिहीबारको बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने घोषणा गरेको १५ दिनभित्रमा साधारणसभा गर्ने गरी स्थगित गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकमा पनि सहभागी उपाध्यक्ष ढकालले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको ढकालको प्यानलले आज पत्रकार सम्मेलन गरी निर्णयप्रति असहमति जनाएको हो । उपाध्यक्ष ढकालले पदाधिकारीहरूलाई १२ घण्टाको पनि समय नदिएर हतारहतार बैठक गरिएको बताउनुभयो ।

साधारणसभा साउन २६ र २७ गते गर्न सकिएको भए महासंघको गरिमा थप बढ्ने र व्यवसायीहरूलाई समेत हौसला बढाउने उहाँको भनाइ थियो । पछिल्लो निर्णयले महासंघलाई बेवारिसे बनाउने खोजिएको ढकालको आरोप छ । सो अवसरमा उहाँले महासंघलाई म्याद सकिएको औषधिजस्तो बनाइन लागिएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू