अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६
| Colorodo: 02:41
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मास्कसँग सम्बन्धित निर्देशिका परिवर्तन गरेको छ । केही समयअघिसम्म मास्कले कोरोना भाइरसको उच्च गतिलाई नरोक्ने बताएको डब्ल्यूएचओले अब भने मास्कलाई सुरक्षाका अरु उपकरण जत्तिकै महत्वपूर्ण भनेको छ ।
मास्क लगाउन सुझाव दिँदै डब्ल्यूएचओले सार्वजनिक ठाउँमा मास्क लगाउँदा भाइरस फैलने दर कम हुने जनाएको बीबीसीले जनाएको छ । उसले फेब्रिक मास्क नभइ मेडिकल मास्क लगाउन पनि सुझाव दिएको छ ।
डब्ल्यूएचओका कोरोना सम्बन्धित विशेषज्ञ मारिया भान केरखोभले पछिल्ला हप्ताका अनुसन्धानले मास्कले भाइरस फैलावटलाई रोक्न मद्दत पुग्ने प्रमाण भेटिएकाले सबै देशले यसलाई पालना गर्नुपर्ने बताउनुभयो । मास्क लगाउँदा मात्रै कोरोनाबाट बच्न नसकिने तर फैलावटको दर भने कम हुने डब्ल्यूएचओले बताएको छ ।