अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

नेपाली अर्थतन्त्रका लागि कोरोनाको प्रभाव निकै चुनौतीपूर्ण – गभर्नर अधिकारी

बिआरटीनेपाल २०७७ वैशाख २३ गते ७:२३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष अर्थतन्त्रका लागि निकै चुनौतीपूर्ण रहेको बताउनु भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा गभर्नर अधिकारीले कोरोना भाइरसको संक्रमणबाट विश्व अर्थतन्त्रमा पर्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतीपूर्ण रहने बताउनु भएको हो ।

बिप्रेषण आप्रवाह कम हुने, पर्यटनमा आय शून्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा निकै चुनौती थपिएको गभर्नर अधिकारीको भनाई छ । गभर्नर अधिकारीले आगामी बर्ष विप्रेशणमा २० प्रतिशतभन्दा बढी संकुचन आउन सक्ने बताउनु भयो । उहाँले चालू आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरू पूरा नहुने स्थिति आइसकेको जानकारी पनि दिनुभयो ।

अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दबाब पर्ने गभर्नर अधिकारीको भनाई छ । वित्तीय क्षेत्रको स्थायित्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरूलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने तथा रोजगारी प्रवर्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा राष्ट्र बैंकले तयारी थालेको गभर्नर अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय