अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

पोखरामा अलपत्र ६९ पर्यटकलाई काठमाडौं पठाइयो, स्वदेश फर्काउने तयारी

बिआरटीनेपाल २०७७ वैशाख १८ गते ७:२६ मा प्रकाशित

लकडाउनका कारण पोखरामा अलपत्र विदेशी पर्यटकलाई काठमाडौं पठाइएको छ । कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान नपाएका विदेशी पर्यटकलाई सम्बन्धित देशका राजदूतवासको पहलमा पोखराबाट काठमाडौं पुर्याईएको हो ।

स्वीस राजदूतावासको पहलमा बिहिबार ३ पर्यटक बसले ६९ विदेशी पर्यटकलाई काठमाडौं लगेका छन् । लेकसाइडको हल्लनचोकमा बसको व्यवस्था गरेर सम्पूर्ण पर्यटकको ज्वरो मापन गरी गाडीमा बस्ने व्यवस्था मिलाइएको थियो भने सम्पूर्णलाई मास्क वितरण गरिएको थियो । लकडाउन सुरु भएयता पोखराबाट विभिन्न समयमा ९३५ पर्यटकको उद्धार गरिएको छ ।

आज काठमाण्डौं लगिएका पर्यटकमा ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, बेल्जियम, पोर्चुगल,अष्ट्रेलिया, इटाली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड, रमानिया मुलुकका नागरिक रहेका छन् । काठमाडौंबाट फ्रेन्च राजदूतावासले मे २ मा विमान चार्टर्ड गरेर नागरिकलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय