अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 23:48

नेपाल औषधी लिमिटेडले उत्पादन गरेको स्यानीटाइजरको बिक्री सुरु

बिआरटीनेपाल २०७६ चैत २५ गते ८:०९ मा प्रकाशित

सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले स्यानीटाइजरको बिक्री सुरु गरेको छ । लिमिटेडले विश्व स्वस्थ्य संगठनको मापदण्डमा रहेर बजारमा दैनिक २० हजार बोत्तल स्यानिटाइजरको बिक्री सुरु गरेको हो । बजारको अभाव चिर्न उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर बजारीकरण सुरु गरिएको लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले जानकारी दिनुभयो ।

बजारमा स्यानिटाइजरको अभाव देखिएपछि लकडाउन अवधिमा पनि मेहनेतसाथ कच्चा पदार्थ खोजेर स्यानीटाइजर बनाइएको उहाँले बताउनुभयो । विदेशबाट आयात भएका स्यानिटाइजरको कालोबजारी सुरु भएपछि नेपाल औषधी लिमिटेडले उद्योग मन्त्रालय र औषधी व्यवस्था विभागसँग छलफल गरेर उत्पादन थालेको हो ।

हिजोदेखि एक सय एमएलको बोत्तलमा दैनिक २० हजार बोत्तल स्यानिटाइजर उत्पादन भइरहेको लिमिटेडले जनाएको छ । एकसय एमएलको बोत्तलको होलसेल मूल्य एक सय ५० रुपैयाँ र खुद्रा बिक्री मूल्य एक सय ७५ रुपैयाँ तोकिएको छ । त्यस्तै ठूलो जार, भाँडोमा वा ग्यालिनमा लानेका लागि प्रतिलिटर १२ सय ५० रुपैयाँका दरले बिक्री सुरु गरिएको छ ।

बरबरमहलमा रहेको प्रधान कार्यालयबाट सर्वसाधारणले पनि चाहेजति स्यानीटाइजर किन्न सक्ने लिमिटेडले जनाएको छ । दैनिक एक सय कर्मचारी स्यानिटाइजर उत्पादनमा खटेको र बजारमा स्यानिटाइजरको कुनै अभाव हुन नदिने लिमिटेडको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू