अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 17:56

गण्डकी सहित ४ प्रदेशमा दादुरा रुवेला खोप अभियान शुरु हुँदै

बिआरटीनेपाल २०७६ फागुन ३० गते ७:२८ मा प्रकाशित

चैत १ गते देखि सरकारले गण्डकी प्रदेश लगायत ४ वटा प्रदेशमा दादुरा, रुवेला खोप अभियान संचालन गर्ने भएको छ। अभियानको पुर्व सन्ध्यामा पोखरामा प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रममा अभियानको बारेमा जानकारी गराईएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकु काठमाडौंका निर्देशक डा. बसन्त श्रेष्ठले चैत १ गते देखि दोस्रो चरणको अभियान शुरु गरिने जानकारी दिनुभयो ।

अभियानका लागि सरकारले ५६ करोड बजेट विनियोजन गरेको छ । सरकारले पहिलो चरणमा गरेको अभियानको प्रभाबका कारण बाल मृत्युदरमा कमी आएको श्रेष्ठले बताउनुभयो । सन् २०२३ सम्ममा बाल मृत्युदरलाई घटाएर सरकारले शुन्यमा झार्ने लक्ष लिएअनुरुप अभियान संचालन गर्न लागिएको हो ।

विश्व स्वास्थ्य संगठन पोखरा संयोजक राजु शर्माले खोपको कारण कुनै बालबालिकाको मृत्यु हुने गरेको आरोप आउने गरे पनि २०३४ साल देखि हालसम्म नेपालको इतिहाँसमा खोपकै कारण कसैको मृत्यु भएको रेकर्ड नभएको बताउनुभयो ।

रुवेला ,दादुरा खोप ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई दिने गरिन्छ । यो खोप ज्वरो, निमोनिया, मुटु लगायतका विरामीलाई लगाउनु हुँदैन । खोप लगाएको २ दिनपछि ६ दिनसम्म बच्चालाई सामान्य ज्वरो आउनसक्ने चिकित्सको भनाई छ । सरकारले प्रदेश १, २ र ५ मा अभियान संचालन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू