अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 17:43

कोरोनासम्बन्धी जानकारी दिन १११५ को टोल फ्रि नम्बर स्थापना

बिआरटीनेपाल २०७६ फागुन २९ गते ९:०५ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई कोरोनासम्बन्धी जानकारी दिन १११५ को टोल फ्रि नम्बर स्थापना गरेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस्तो जानकारी दिएको हो ।

भोलि विहान ११ बजेदेखि यो सेवा सञ्चालनमा आउने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि सर्भिलेन्स अफिसर परिचालन गर्ने भएको छ । त्यसका लागि जनस्वास्थ्यका १८ स्वास्थ्यकर्मीलाई तालिम दिएर सर्भिलेन्स अफिसरको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो ।

सर्भिलेन्स अफिसरलाई कसरी काम गर्ने भन्ने विषयमा उनीहरू सबैलाई तालिमसमेत दिइसकेको पाण्डेको भनाई छ । सर्भिलेन्स अफिसरले कुनै व्यक्तिमा कोरोनाको आशंका लागेमा विमानस्थल, होटल र घरसम्मको विस्तृत विवरण राखेर विशेष निगरानी गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू