अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्यो

बिआरटीनेपाल २०७६ फागुन २७ गते ८:१२ मा प्रकाशित

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । मंगलबार (आज) सुनको मूल्य तोलाको ८२ हजार ७०० रुपैयाँ पुगेको छ । गत आइतबार मात्रै तोलामा ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैयाँ पुगेको हो ।

मंगलबार स्थानीय बजारमा तेजाबी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यावसायी महाँसंघले जनाएको छ । तर, चाँदी भने तोलामा दश रुपैयाँले घटेको छ । गत आइतबार ८९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार दश रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको महाँसंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय