अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

सुनले फेरि रेकर्ड तोड्यो, प्रतितोला ८० हजार ७ सय कायम

बिआरटीनेपाल २०७६ फागुन २३ गते ८:०८ मा प्रकाशित

सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय अर्थतन्त्र कोरोना भाइरसका कारण प्रभावित बनेर लगानीकर्ता आकर्षित बन्दा सुनको भाउले नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।

साताको अन्तिम कारोबार दिन शुक्रबार एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारको यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाला सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार गरेर नयाँ रेकर्ड कायम गरेको थियो । बुधबार तोलाको ८० हजार ५ सय रुपैयाँमा सुनले नयाँ रेकर्ड बनाएको थियो ।

दैनिकरुपमा सुनले नयाँ नयाँ रेकर्ड बनाइरहँदा बजार कारोबार भने ठप्प भएको छ । नेपाली बजारमा विवाहको सिजन भएपनि कारोबार बन्द जस्तै भएको छ । बैंकहरुमा सुन स्टकमा रहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँले बढेर प्रतितोला आठ सय नब्बे रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । एकातिर अन्तर्राष्ट्रिय लगानीकर्ता सुरक्षित लगानीको साधन सुनतर्फ आकर्षित बन्दा सुनको मूल्य उचाईमा पुगेको हो भने अर्कातिर डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपालमा सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाइरहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय