अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 14:39

नेपालमा ३ महिनासम्मका लागि आवश्यक पर्ने सबै प्रकारका औषधि छ : औषधि व्यवसायी

बिआरटीनेपाल २०७६ फागुन २३ गते ८:०५ मा प्रकाशित

नेपाली औषधी उत्पादक (व्यवसायी) हरुले नेपालमा ३ महिनासम्मका लागि आवश्यक पर्ने सबै प्रकारका औषधिहरु आफूहरुसँग मौज्दात रहेको बताएका छन् । विश्वव्यापी महामारीको रुप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बीच भारतले २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालका औषधिको अभाव चुलिने चर्चा चलेको छ ।

औषधि उत्पादक व्यवसायीहरुले भने अहिले ३ महिनाका लागि पुग्ने औषधि, कच्चा पदार्थ तथा प्याकिङ सामग्री मौज्दात रहेको बताएका हुन् । नेपाल औषधि उत्पादक संघले आज पत्रकार सम्मेलन गर्दै भारत र चीन बाहेकका देशबाट कच्चा पदार्थ आपूर्ति गरेर पनि देशमा औषधि अभाव हुन नदिने बताएको छ । संघका अनुसार भारतले औषधि तथा कच्चा पदार्थको निर्यातमा रोक लगाए पनि चीन लगायतका देशबाट नियमित रुपमा कच्चा पदार्थ आपूर्ति भइरहेको छ ।

औषधि उत्पादकहरुले नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयत्न गरिरहे पनि सरकारले नीतिगत व्यवस्था गर्न नसकेको पनि संघले गुनासो गरेको छ । सरकारले औषधि आपूर्तिका लागि अन्य देशसँग हार–गुहार गर्नुभन्दा आफ्नै देशका उद्योगीसँग सहकार्य गर्न संघले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू