अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 14:56

विश्व स्वास्थ्य संगठनको चेतावनी– बैंक नोटका कारण कोरोना फैलिएको हुन सक्ने

बिआरटीनेपाल २०७६ फागुन २२ गते ७:२२ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले बैंक नोटका कारण कोराना भाइरसको संक्रमण फैलिईरहेको हुनसक्ने बताएको छ । उसले नगदको साटो प्रत्यक्ष सम्पर्कहीन अन्य प्राबिधिक एवं बैकल्पिक उपाय अवलम्वन गर्न सुझाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नोटको सतहमा कैयौं दिनसम्म कोभिड–१९ भाईरस ओसारपोसर भएको हुनसक्ने आशंका जनाउदै कारोवारमा प्रत्यक्ष नोटको सट्टा प्रयोग गर्न भनेको हो । नोटको प्रयोग गर्नै परे प्रयोग गरिसकेपछि तत्काल राम्रोसंग हात धुन पनि उसले सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ताका अनुसार गत महिना चीन र कोरियाले भाईरसको संक्रमणलाई थप फैलन नदिन प्रयोग भएका पुराना नोटहरुलाई प्रयोगविहीन बनाउने कार्य थालेका थिए । इंगल्याण्डको बैंकले पनि नोटहरुमा भाईरसको संक्रमण रहेको हुनसक्ने ठहर गरेको संगठनले जनाएको छ । उसले बैंक नोटको प्रयोग गरिरहेका हरुमा विभिन्न प्रकारको बिषाणु र भाईरसको संक्रमण भेटिएको जनाएको छ ।

चिनिया अधिकारीहरुका अनुसार संक्रमणको आशंका गरिएका बैंक नोटहरुलाई भाईरस बिहीन बनाउन उच्च तापक्रम र पराबैजनी किरणको प्रयोग गरिन्छ । त्यसपछि नोटहलाई बजारमा पुर्याउनुअघि बन्द गरी १४ दिनसम्म सिल गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू