अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 15:11

नेपालमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छैन – जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झा

बिआरटीनेपाल २०७६ फागुन २२ गते ७:०१ मा प्रकाशित

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको पुष्टि नभएको बताउनु भएको छ । उहाँले सङक्रमणको आशङ्कामा स्वास्थ्य परीक्षण गरिएका कसैमा पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नभेटिएको स्पष्ट पार्नुुभएको हो ।

दश जनाको परीक्षणपछि आफूहरुले प्रमाणीकरणका लागि हङकङ पठाएको र उताको रिपोर्ट आफूहरुसँग मिलेको उहाँले स्मरण गर्नुभयो । झाले आफूहरुले गरेको परीक्षणको कामलाई विश्व स्वास्थ्य संगठनले ठीक भएको जवाफ फर्काएको बताउनुभयो ।

आफूहरुको ल्याबलाई डब्लु.एच.ओ.ले मान्यता दिएको सुनाउँदै हप्तामा ५ सय जनाको परीक्षण गर्न सकिने झाले बताउनुभयो । उहाँले नेपाललाई कोरोनामुक्त बनाउनको लागि सबैले मिलेर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले यो विषय अहिले पनि अध्ययनको विषय रहेको र शत प्रतिशत रिसर्च भैनसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू