अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

कोरोना भाइरस युरोपतिर फैलियो, विश्वको अर्थतन्त्र प्रभावित

बिआरटीनेपाल २०७६ फागुन १७ गते ६:०० मा प्रकाशित

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण युरोपमा फैलिँदै गएको छ । कोरोनाका कारण विश्वव्यापी रुपमा सेयर बजार र अर्थतन्त्रमा नराम्रो असर परेको छ । अमेरिकी विदेश विभागले इटालीसँग सतर्कता बढाएको जनाएको छ । पछिल्लो समय इटालीमा पनि कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने करिव सात सयजना कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाका कारण विश्वव्यापी रुपमा दुई हजार आठ सय जनाको मृत्यु भइसकेको छ भने ८३ हजार भन्दा बढी प्रभावित भएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि अमेरिकाले आगामी मार्च १४ मा दक्षिण पूर्वी एशियाका नेताहरुसँगको छलफल स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत नोभेम्बरमा बैंककमा उक्त समूहसँगको शिखर सम्मेलनमा भाग नलिएपछि ती नेताहरुसँग भेट गर्न दक्षिणपूर्व एशियाली राष्ट्रहरुको १० सदस्यीय टोलीलाई आमन्त्रित गरिएको थियो ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको बढ्दो संक्रमण रोक्ने प्रयासहरु जारी रहेपनि यसबारेको भ्रम र गलत सूचना नियन्त्रण गर्न चुनौती रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय