अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 14:56

कोरोना भाइरसः विश्वरभर २८ सयको मृत्यु, ८२ हजार प्रभावित, दक्षिण कोरिया अति जोखिममा

बिआरटीनेपाल २०७६ फागुन १६ गते ७:२४ मा प्रकाशित

चीनबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण अन्य देशहरुमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकले संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन् । चीनबाहेक अन्य देशमा पनि महामारीको रुपमा फैलिएको संक्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबैभन्दा बढी चिन्ताको विषय रहेको बताउनुभयो ।

उहाँले महामारीको रुपमा देखा परेको भाइरस जुनसुकै बेला पनि आफ्नो देशमा फैलन सक्ने भन्दै सावधानी अपनाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो । उचित उपाय अपनाए त्यसको प्रकोप नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । पछिल्लो समय इरान, इटाली र दक्षिण कोरियामा तीव्र रुपमा फैलिइरहेको भाइरसका कारण मृतकको संख्या बढी रहेको समाचारमा जनाइएको छ ।

चीन बाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । भाइरसका कारण विश्वभर ८२ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोनाका कारण चीनसहित विश्वभर दुई हजार आठ सय भन्दा बढीको मृत्यु भइसकेको छ । ११ वटा युरोयिन देशहरुमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यस्तै दक्षिण कोरियामा पनि एक हजार सात सय भन्दा बढी संक्रमितहरु देखा परेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू