अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

उखु किसान आन्दोनका लागि पुनः काठमाण्डौ जाने

बिआरटीनेपाल २०७६ माघ २० गते ०:५९ मा प्रकाशित

सर्लाहीका उखु उत्पादक किसानहरु आन्दोलनका लागि फेरि काठमाण्डौ जाने भएका छन् । गएको पुष १८ गते सरकारसँग लिखित सहमति भएपछि घर फर्किएका किसानहरु सम्झौता अनुसार बक्यौता झुक्तानी नपाएपछि आन्दोलनका लागि फेरि काठमाण्डौ जान लागेका हुन् ।

उखु किसान सङ्घर्ष समितिले सर्लाहीले विज्ञप्ति निकालेर चैत १ गतेदेखि काठमाण्डौमा रिले अनशन सुरू गर्ने जानकारी गराएको हो । विज्ञप्तिमा फागुन मसान्तसम्ममा भुक्तानी नदिएमा चैत १ गतेबाट काठमाण्डौमा रिले अनशन गर्ने उल्लेख छ ।

सर्लाहीको अन्न्पूर्ण सुगर मिलले मात्रै किसानको झण्डै ४२ करोड भुक्तानी गर्न बाँकी रहेको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय