अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२१ | Colorodo: 20:36

रुदीखोला–बी बाट उत्पादन सुरु – ६ दशमलव ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपियो

बिआरटीनेपाल २०७६ माघ १८ गते ५:५१ मा प्रकाशित

लमजुङको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि बिजुली उत्पादन सुरु गरेको छ । ६ दशमलव ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको कोलसोथर गाउँपालिका–५ सिन्दीमा रहेको छ ।

यो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाबाट उत्पादन भएको बिजुली मिजुरेडाँडा सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

निर्माण सुरु भएको झण्डै दुई वर्षमै उत्पादन सुरु भएको आयोजनामा प्रतिमेगावाट १८ करोड रुपैयाँ खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताउनुभयो । बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत आयोजनाले गएको वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय