अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३
| Colorodo: 07:28
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शनिवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल र मट्टितेल ९७ रुपैयाँ पुगेको छ।
इण्डियन आयल कर्पाेरेशनबाट मूल्य वृद्धिको नयाँ सूची अनुसार पेट्रोल र डिजेलको मूल्य बढाइएको निगमले जनाएको छ। निगमका अनुसार एलपी ग्यासको मूल्य भने यथावत छ। मूल्यवृद्धिपछि निगमलाई मासिक २ अर्ब ३२ करोड नाफा हुने बताइएको छ।