अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

यौन सम्बन्धी ५ रोचक तथ्य

बिआरटीनेपाल २०७५ पुष १० गते ९:०५ मा प्रकाशित

यौनका विषयमा भएका अध्ययन अनुसन्धानमा यतिधेरै रुची किन राख्छौँ होला । तर यति रुची हुँदा हुँदै पनि हामी खुलेर यसका बिषयमा बहस गर्ने सक्दैनाैँ । तर विश्वको तथ्यले नै बताउँछ की दुनियामा सबैभन्दा धेरै बिक्ने चिज भनेकै सेक्स र अपराधको विषय हो । सायद यहीँ बिकाउ चिज भएर होला विश्वमा यौनका विषयमा लिएर विभिन्न अध्ययन अनुसन्धान भएका छन् । तर कतिपय केवल प्रचारबाजीका रुपमा मात्रै सिमित हुने गरेका छन् ।

सेक्स सम्बन्धी पाँचवटा अध्ययन तथा त्यसका निष्कर्षहरु

इन्टरनेटको आधा खर्च सेक्समै

सन् २००५ मा भएको एक अध्ययन अनुसार इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा खर्चिने मध्ये आधा भन्दा बढि रकम सेक्ससँग सम्बन्धित सामाग्रीमा गर्दछन् । इन्टरनेटमा पैसा तिरेर हेर्नुपर्ने भिडियो, फोटो तथा म्यागेजिन लगायतमा मानिसले यतिधेरै खर्च गर्दछन् की त्यो खर्च विश्वमा इन्टरनेटमा गरिने पूरै खर्चको आधा हुन आउँछ ।

भैपरी आउने सेक्स

यौन सम्पर्क पूर्वयोजनाबद्ध भन्दा तत्क्षण तथा भैपरी भयो भने त्यो बढि सन्तुष्टिदायी तथा फाइदाजनक हुने एक अनुसन्धानले देखाएको छ। अमेरिकाको न्युयोर्क युनिभर्सिटी तथा कर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार भैपरी तथा अनौपचारिक सेक्सले निरासा तथा डिप्रेसन घटाउने तथा आत्मविश्वास बढाउने काम गर्दछ ।

पुरुषले फर्सी खादा उत्तेजित

अमेरिकाको दी स्मेल एण्ड टेष्ट ट्रिटमेन्ट एण्ड रिसर्च फाउण्डेसनले गरेको अध्ययनले एउटा रोचक तथ्य पत्ता लगायो, जुन हाँसोउठ्दो पनि छ । उक्त अध्ययन अनुसार फर्सीको गन्धले पुरुषमा उत्तेजना बढाउँछ । फर्सीको गन्धले पुरुषको लिंगमा रक्तप्रवाह बढाउँछ । त्यसैले लिंग उत्तेजना नहुने समस्या रहेका पुरुषहरुले आफ्नो दैनिक भोजनमा फर्सीलाई समावेश गराउनु आवश्यक हुन्छ ।

घरयासी धन्दा छाड्नुस्

यसअघिका अध्ययनहरुले घरको काममा श्रीमतीलाई सघाउने पुरुषहरुको यौन जिवन सुखी हुने र त्यस्ता दम्पतिहरुको यौन सन्तुष्टि बढी प्राप्त गर्ने देखाएका थिए । तर अमेरिकन सोसियोलोजिकल रिभ्यु जर्नलमा छापिएको शोधले भने यसलाई गलत सावित गरेको छ ।मेरिकी शोध अनुसार श्रीमान- श्रीमतीले घरायासी कामधन्दा जति धेरै शेयर गर्छन् उनीहरुबीच उति नै कम सम्भोग हुन्छ ।

लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने

अपत्यारिलो छ तर सत्य पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा छापिएको शोध अनुसार पुरुषको लिंग जति लामो भयो उसलाई उसकी श्रीमतीले धोका दिने जोखिम उति नै बढि हुन्छ । बढि ठूलो आकारको यौनांग भएका श्रीमानका कारण श्रीमतीहरु दैनिक रुपमा त्रसित हुने र पीडा भोग्नु पर्नेअध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय