इस्लामाबाद (एजेन्सी), पाकिस्तानका जनताले आफ्ना प्रधानमन्त्री इमरान खानलाई शान्तिका लागि नोबेल पुरस्कार दिलाउन नामाङ्कनका लागि देश भरी अनलाइन याचिकामा हस्ताक्षर अभियान थालेका छन् ।
अहिलेसम्म यसमा ३ लाख भन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । इमरान खानले भारतीय पाइलटलाई रिहा गरी भारतसँगको उत्कर्षमा पुगेको तनाव कम गरेर आफूलाई एक ठुलो नेता साबित गरेको उनीहरूले बताएका छन् ।
पाकिस्तानको लडाकु विमान एफ १६ खसालेका भनिएका बर्तमानको रिहाइ गर्ने इमरानको फैसलामा भारतीय उदारवादीहरूले उच्च मूल्याङ्कन गर्दै उनलाई नोबेल शान्ति पुरस्कार दिलाउन राष्ट्र सङ्घलाई अनुरोध गरेका छन् ।
पाकिस्तानले परिपक्वता देखाउँदै दुई देश बिचको सीमा तनाव कम गर्न सहयोग गर्न सहयोग पुर्याएको उल्लेख गर्दै उनको यो व्यवहारका लागि धन्यवाद दिन चाहको सागरिका गोड्सेले बताएकी छिन् ।
भारतसँगको खतराको स्थितिमा पुगेको शान्तिका लागि इमरान खानको यो पहलका लागि उनलाई प्रतिष्ठित नोबेल शान्ति पुरस्कार दिन राष्ट्र सङ्घ समक्ष हामी अनुरोध गर्र्छाैं , उनले बताएकी छिन् ।
भारत र पाकिस्तान परमाणु शक्ति सम्पन्न देश हुन् । भारत प्रशासित काश्मिरको पुलवामा जिलामा सीआरपीएफको एक गस्तीमाथि हमला गरी ४० भन्दा धेरै सुरक्षाकर्मी मारिएपछि दुई देशबिच तनाव बढेको थियो । उक्त हमलाको जिम्मेवारी पाकिस्तानस्थित कट्टरपन्थी सङ्गठन जैस ए मोहम्मदले लिएको थियो ।
भारतले उक्त हमलापछि पाकिस्तानको बालाकोटमा उक्त कट्टरपन्थी सङ्गठनको सिरिवमा हमला गर्यो । त्यसपछि पाकिस्तान तर्फबाट भएको कारबाहीलाई रोक्ने क्रममा भारतको एक लडाकु विमानलाई पाकिस्तानी सेनाले खसालेको थियो र त्यसको पाइलटलाई गिरफ्तार गरिएको थियो ।
इमरान खानले संसद्मा भारतीय पाइलट अभिनन्दन बर्तमानलाई रिहा गर्ने घोषणा गर्दै शुक्रवार उनलाई भारत पाक बाघा सिमानामा भारतीय अधिकारीसमक्ष बुझाइएको थियो । यसले दुई देशबिचको तनाव केही कम भएको हो ।
बिहीबार देखि नै पाकिस्तानमा ह्यास ट्याग नोबेल प्राइज फर इमरान खान ट्विटरमा ट्रेन्ड भइरहेको थियो । खानको घोषणापछि नै उक्त ह्यासट्यागसँग ट्विट गर्न सुरु गरिएको थियो ।
बेलायत र पाकिस्तानमा चेँज डट ओआरजीमा पनि पाकिस्तानीहरूले क्याम्पेन सुरु गरेका छन् । यसबिच पाकिस्तानका सुचनामन्त्री फवाद चौधरीले पनि संसद्मा एक प्रस्ताव पठाए । उक्त प्रस्तावमा इमरान खानलाई सांसदबाट प्रस्ताव पारित गरी नोबेल शान्ति पुरस्कारको माग गर्ने कुरा उठाइएको छ । चौधरीले प्रस्तावमा प्रधानमन्त्री खानले तनाव कम गर्न अप्रत्याशित रूपमा भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
यस मामिलामा भारतको सर्वोच्च अदालतका पूर्व न्यायधिष मार्केन्डय काटजुले पनि इमरान खानको प्रशंसा गरेका थिए । काटजुले ट्विटमा भनेका थिए । म यसअघि इमरानको आलोचना गरिरहेका थिएँ, तर उनको भाषण सुनेपछि म प्रशंसक बनेको छु ।
उनको यो ट्विटपछि पाकिस्तानी सञ्चार माध्यमले त्यसलाई धरै स्थान दिएको छ भने भारतमा त्यसलाई लिएर उनलाई सामाजिक सन्चालमा तथानाम गाली गरिएको छ ।
आफ्नो एक ट्विटमा काटजुले लेखेका छन् ( जब मैले पाकिस्तानलाई फर्जी र कृत्रिम देश भने, कुनै पाकिस्तानीले मलाई गाली गरेन । अब मैले इमरान खानको प्रशंसा गर्दा दर्जनौँ भारतीयले मलाई गाली गरे । मलाई देशद्रोही, सनकी र पाकिस्तान परस्त भने । अब तपाइहरू नै भन्नुस् के धेरै परिपक्व छ ? 
न्युज अफ नेपालबाट