अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 04:38

नाइजेरियाको राष्ट्रपतिमा पुनः बुहारी फेरि निर्वाचित

बिआरटीनेपाल २०७५ फागुन १५ गते ८:४८ मा प्रकाशित

नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो । ७६ वर्षीय बुहारीले पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित गर्नुभएको हो ।

अबुबाकरको पिपुल्स डेमोक्रेटिक पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । हिंसा फैलाएर निर्वाचन गराइएको र मतगणनामा समेत ढिलाइ गरिएकोले निर्वाचन निष्पक्ष नभएको भन्दै विपक्षी दलले परिणाम अस्वीकार गरेको हो ।

निर्वाचन आयोगले बुहारीको अल प्रोग्रेसिभ कंग्रेस पार्टीले ३६ मध्ये १९ प्रान्तमा जित हासिल गरेको जनाएको छ । विपक्षी डेमोक्रेटिक पार्टी भने राजधानी अबुजासहित १७ प्रान्तमा विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू