अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६
| Colorodo: 04:51
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङबीच भियतनाममा वार्ता भएको छ । उहाँहरुवीच आज ३० मिनेटको संक्षिप्त वार्ता भियतनामको हनोईमा भएको हो । वार्तापछि किमले अमेरिकी राष्ट्रपतिको साहसी राजनीतिक निर्णयका कारण दोस्रोपटक वार्ता सम्भव भएको बताउनुभयो । पत्रकारहरूलाई सम्बोधन गर्दै उहाँले आठ महिनाअघि र अहिलेको बीचमा निकै सोचविचार, प्रयास र धैर्यता देखिएको उल्लेख गर्नुभयो ।
आठ महिनाअघि किमले ट्रम्पसँग सिंगापुरमा शिखर वार्ता गर्नुभएको थियो । बाहिरी विश्वले अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धलाई सिंगापुर शिखरवार्तापछि बुझ्न नसकेको किमले बताउनुभयो । उहाँले हनोई शिखरवार्ताले सबैले स्वागत गर्ने परिणाम ल्याउने आशा गरेको बताउनुभयो ।