अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 21:17

निशस्त्रीकरणका विषयमा वार्ता गर्न अमेरिकी टोली उत्तर कोरियामा

बिआरटीनेपाल २०७५ माघ २३ गते ४:०६ मा प्रकाशित

उत्तर कोरियासँग आणविक निशस्त्रीकरणका विषयमा वार्ता गर्न अमेरिकी टोली प्योङयाङ पुगेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता अघि स्टेफेन बेगन नेतृत्वको अमेरिकी टोली प्योङयाङ गएको हो ।

बेगन नेतृत्वको अमेरिकी टोलीले उत्तर कोरियाको आणविक निशस्त्रीकरणको खाका तयार गर्ने बताइएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले आफ्नो आणविक उत्पादन बन्द नगरेको प्रतिवेदन सार्वजनिक गरेपछि अमेरिकी टोली प्योङयाङमा छलफल गर्न पुगेको हो ।
सन् २०१८ को जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा भेटवार्ता भएको थियो ।

सो भेटवार्ताले निशस्त्रीकरणका लागि सकारात्मक प्रयास गरेको थियो । उत्तर कोरिया निशस्त्रीकरणका लागि तयार भए पनि त्यसको प्रक्रियाबारे अझै दुवै पक्षबीच सहमति भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू