अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१
| Colorodo: 14:16
भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता जुआन गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । अदालतले उहाँको बैंक खातासमेत रोक्का गरिदिएको छ । गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएको थियो ।
गुइडोले सडकबाटै गरेको घोषणालाई अमेरिकालगायतका देशले समर्थन जनाएका छन् । गुइडोको घोषणाले भेनेजुएलामा तनाव बढिरहेका बेला त्यहाँको सर्वोच्च अदालतले गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै बैंक खातासमेत रोक्का गर्ने अदालतको आदेशले थप तनाब बढ्ने आशंका गरिएको छ ।
त्यहाँको विपक्षी दलले पछिल्लो निर्वाचनको परिणाम सार्वजनिक भएदेखि नै त्यसप्रति असहमति जनाउँदै आन्दोलन गर्दै आएको छ । विपक्षी दल र तिनका नेतालाई अमेरिकाले खुलेआम समर्थन गर्दै आइरहेको छ भने रसिया, चीनलगायत देशको सहानुभूति राष्ट्रपति निकोलस मदुरोलाई छ ।