टोकियो (जापान) । । चीन र अमेरिकाबीचको व्यापार तनाव केही खुकुलो बन्न लागेको सङ्केतसँगै बजार सकारात्मक बनेको हो । उक्त दिनको कारोबारमा जापानी शेयर सूचक निक्केई २२५ २ दशमलव ६५ प्रतिशत बढेर २१ हजार ३ सय १७ दशमलव ३२ अङ्कमा पुगेको थियो । उता, कोरियाली बेञ्चमार्क कोस्पी पनि शून्य दशमलव १ प्रतिशत बढेर २ हजार ४ सय ५२ दशमलव शून्य ६ अङ्कमा उक्लिएको थियो । हङकङेली सूचक हाङसेङ शून्य दशमलव ७९ प्रतिशत बढेर ३ हजार ७ सय ९० दशमलव ८३ अङ्कमा उक्लिएको थियो भने चिनियाँ बेञ्चमार्क साङहाई कम्पोजिट इण्डेक्स १ दशमलव शून्य ४ प्रतिशत बढेर ३ हजार १ सय ६६ दशमलव २९ अङ्कमा उक्लिएको थियो । अष्ट्रेलियाको शेयर सूचक एएसएक्स २०० शून्य दशमलव ७२ प्रतिशत बढेर ५ हजार ८ सय ३२ दशमलव ३० अङ्कमा पुगेको छ । चीन र अमेरिकाबीच गोप्य रूपमा वार्ताको शुरुआत भएको समाचारले एशियाली बजारलाई हरियो बनाएको हो ।
अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४
| Colorodo: 21:59