अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

कोलोराडोमा नेपाली घरद्वारा आयोजित होली सम्पन्न (फोटो फिचर सहित)

बिआरटीनेपाल २०८१ चैत १ गते २०:१८ मा प्रकाशित

कोलोराडो । नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोवासी नेपालीहरूले यस वर्ष पनि नेपाली घरको आफ्नै भवनमा आज शनिवार दिनको १ बजे देखी मनाए । नेपाली घरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा करिब पाचसयको हाराहारीमा विभिन्न उमेर समूहका महिला तथा पुरुषको सहभागिता रहेको थियो । नेपाली घरका अध्यक्ष वसन्त लम्सालले आउने सम्पूर्ण दाजुभाइ दिदीबहिनी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलाई धन्यवाद दिँदै नेपाली घरले नेपाली संस्कृतिको जगेर्ना गर्न, शन्ततीहरुलाई हाम्रो संस्कृति र रितिरिवाझ र परम्परा बोध गराउने उद्देश्यबाट कार्यक्रमको आयोजना गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता गरेका थिए । साथै संस्थाका उपाध्यक्ष गंगा चौलागाईंले स्वागत मन्तव्य दिएका थिए ।

पण्डित जीवन बरालको सहयोगमा अध्यक्ष वसन्त लम्सालको पूजा पछि पण्डित बरालले सबैलाई रातो अबिर लगाइ होलीको कार्यक्रम सुरु गरिएको कार्यक्रममा उपस्थित सबैले एक अर्कामा रङ्ग दल्दै एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । होली खेल्नेहरूमा कोलोराडोबासी आम नेपालीहरूका अतिरिक्त विभिन्न सामाजिक संस्थाका पदाधिकारीहरू थिए ।

फागुन पूर्णिमाको भोलिपल्ट असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा यो पर्व मनाइने गरिन्छ । हिन्दुको धार्मिक ग्रन्थमा उल्लेख गरिएका अनुसार, हिरण्य कश्यपले आफ्ना छोरा प्रह्लाद भगवान् विष्णुको भक्त भएको कारण उनलाई ज्यान मार्न अनेकौँ उपाय गरेका थिए । उनलाई बचाउनको लागि उनकी बहिनिले आगोबाट पनि नजल्ने भगवानबाट पाएको वरदानको फाइदा उठाएर होलिकाले बालक प्रह्लादलाई काखमा राखी चारैतिरबाट दाउराका साथै तीव्र गतिमा जल्ने वस्तुमाथि बसिन् । ती वस्तुमा आगो लगाएपछि भगवान् विष्णुको कृपाले प्रह्लादलाई केही भएन र होलिकाको जलेर मृत्यु भएको थियो । फागुनपूर्णिमाको दिन यो घटना भएको थियो । मुलुकको पहाडी भेगमा फागुन पूर्णिमाको दिन होली खेलेर बेलुकी होलिका दहन गर्छन् भने तराईमा फागुन पूर्णिमाको बेलुकी होलीका दहन गरेर बिहान होली पर्व मनाउने गरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू