अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 14:25

माइक्रोसफ्टको एपमा समस्या आउँदा विश्वव्यापी इन्टरनेट समस्या

बिआरटीनेपाल २०८१ साउन ४ गते ७:५४ मा प्रकाशित

माइक्रोसफ्टको एपमा समस्या आउँदा विश्वव्यापी रुपमा इन्टरनेट सेवा प्रभावित भएको छ ।माइक्रोसफ्टको साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइक एपमा समस्या आउँदा विश्वव्यापी प्रभाव परेको हो । यसलाई विश्वब्यापी आइटी समस्या भनिएको छ। विश्वभरका बैंक तथा वित्तिय संस्था, हवाई सेवा, रेलवेव सेवा, अस्पताल, टेलिभिजन, सञ्चारमाध्यम र सुपर मार्केटहरूमा प्रभाव परेको छ । यी व्यावसाय तथा सेवाहरुका सर्वर डाउन भएका छन् भने कुनै पनि काम हुन सकेको छैन । अष्ट्रेलिया, अमेरिका, युरोपदेखि भारतसम्म यो समस्याले असर पारेको छ ।

अमेरिकाको आपत्कालीन सञ्चार सेवा ९११ नम्बरमा समेत फोन नलाग्ने समस्या देखिएको छ । यसबाट सवैभन्दा ठूलो समस्या विमान सेवामा परेको छ । विमानहरुको अवतरणमा समस्या देखिएको छ भने शुक्रबारका मात्रै एक हजार बढी उडान रद्द भईसकेका छन् । ‘म्यानुअल्ली’ ब्यवस्थापन हुने विमास्थलहरुबाट मात्रै उडान र अवतरण हुन सकेको जनाइएको छ ।

आइटी सर्वर बन्द हुँदा अस्पतालहरुमा शल्यक्रिया समेत रद्द गरिएका छन् । क्राउडस्ट्राइक कम्पनीले समस्या पहिचान गरी समाधान खोज्ने प्रयास भईरहेको बताएको छ । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत जर्ज क्रुजले विश्वव्यापी रूपमा देखिएको यो समस्या समाधानका लागि विज्ञ टोली लागिरहेको बताउनु भएको छ । नेपालमा पनि इन्टरनेटमार्फत हुने पेमेन्ट र सेटलमेन्टमा समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू