अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

अमेरिकामा स्वतन्त्रता दिवस मनाउने क्रममा विभिन्न ठाउँमा गोलीकाण्ड, ३३ जनाकाे ज्यान गएकाे पुष्टि

बिआरटीनेपाल २०८१ असार २३ गते ५:१५ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको ज्यान गएको छ । पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।अमेरिकाले अस्ति जुलाई ४ तारिखमा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो बिहान शिकागोमा मात्र गोलीकाण्डमा ११ जनाको ज्यान गएको थियो भने ५५ जना घाइते भएका समाचार संस्था एपीले जनाएको छ । स्वतन्त्रता दिवस मनाइरहेको अमेरिकालाई गोलीकाण्डका घटनाले स्तब्ध बनाएको खबरमा उल्लेख छ ।

यस्तै हिजो बिहान क्यालिफोर्नियाको हन्टिङटन बीचमा आतिशबाजी कार्यक्रम समाप्त भएपछि भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । यस्तै बोस्टनमा तीन वटा गोलीकाण्ड भएकोमा एक जनाको ज्यान गएको छ । अमेरिकामा विभिन्न सुखद घटनाहरूमा गोलीकाण्ड धेरै हुने गरेका छन् । यो वर्ष अर्थात् सन् २०२४ को पहिलो दिन भएका गोलीकाण्डमा १५ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू