अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब

बिआरटीनेपाल २०८१ असार २१ गते ४:५० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आउँदाे चुनावमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ । गएको हप्ता भएको राष्ट्रपतिको बहसपछि ८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टीभित्र उहाँले उम्मेदवारी छोड्नुपर्ने माग हुन थालेको हो ।

चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले आफ्नो परिवार र अभियानका अधिकारीसँग यस विषयमा छलफल गरिरहेका बीबीसीले जनाएको छ । उहाँले छिटै डेमोक्रेटिक पार्टीका सांसद र गभर्नरसँग पनि छलफल गर्ने बताउनुभएको छ ।

गएको जुन २८ मा आयोजित राष्ट्रपति बहसको क्रममा बाइडेन धेरै पटक हडबडिरहेका र कमजोर देखिएका भन्दै उहाँको उमेर र क्षमतामाथि पार्टीभित्रै प्रश्न उठिरहेको छ । डेमोक्रेटिक पार्टीबाट सम्भावित उम्मेदवारको समेत चर्चा शुरु भएको छ । वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व प्रथम महिला मिचेल ओबामाको नाम सबैभन्दा अगाडि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू