अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 01:00

हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

बिआरटीनेपाल २०८१ असार ११ गते ६:१७ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजाको रफाह शहरमा हमासविरुद्ध चलिरहेको युद्ध चाँडै अन्त्य हुने बताउनुभएको छ । इजरायली च्यानल १४ टीभी न्युजसँगको कुराकानीमा प्रधानमन्त्री नेतान्याहुले रफाहको युद्ध अन्तिम चरणमा पुगेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध चलिरहने पनि बताउनुभएको छ ।

इजरायलविरुद्धको आक्रमणमा हमासलाई साथ दिइरहेको हिजबुल्लाह समूहको आक्रमणको बीचमा प्रधानमन्त्री नेतान्याहुले छिट्टै लेबनानी सीमामा इजरायली सेना पठाउन सक्षम हुने पनि बताउनुभएको छ । उहाँले हमासको ठाउँमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी ‘अथोरिटी’ लाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि खारेज गर्नुभएको छ । नेतान्याहुले उत्तरी गाजा पट्टीमा सत्ताबाट हमासलाई हटाउने र प्यालेस्टिनी ‘एन्क्लेभ’मा रहेका झन्डै सय जना बन्धकलाई रिहा गर्ने सम्झौतामा मात्र सहमत हुने बताउनुभएको छ ।

यसैबीच रफाहवासीले इजरायली सेनाले आक्रमण बढाएको र आक्रमणबाट राहत सामग्री केन्द्रमा समेत क्षति पुगेको बताएका छन् । हमासले यी केन्द्रको प्रयोग गर्दै आएको इजरायली सेनाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू